अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १५ गते
सुदूरपश्चिममा गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ।
हिजो साँझ गौराघरमा भित्रयाएको गौरालाई आज बर्तालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्ने चलन रहिआएको छ।
हिजो गौरादेवीमा चढाएको दुबधागो पनि आजै महिलाहरूले धारण गर्ने गर्दछन्। तागाधारी पुरुषहरूले जनै धारण गरेजस्तै यहाँका महिलाले अभिमन्त्रित दुबधागो धारण गर्ने गर्दछन्।
गौराघरबाट गौरालाई सिङ्गारेर गौराखलामा लग्ने गरिन्छ। सोही खलामा महिलाले सामूहिक अठ्यावाली गाउँदै पूजा गर्ने चलन छ।