अनलाईन न्युजपाटी ,जनकपुरधाम, समाचारदाता,माघ १ गते
तिला संक्रान्ति पर्व आज मनाइँदै छ ।
आजको दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकोले पनि यस दिनलाई ‘मकर संक्रान्ति’ पनि भनिन्छ। यस दिनलाई माघे संक्रान्ति, तिला संक्रान्ति, माघी वा खिचडी पनि भन्ने गरिन्छ। यस क्षेत्रमा भने यस दिनलाई विशेषगरी तिला संक्रान्तिकै रुपमा मनाउने चलन छ।
यस पर्वमा परिवारका अग्रज र आमा–बाबुबाट आफ्ना सन्ततिलाई सख्खर र तीलको लड्डु खुवाई बुढेसकालमा सेवा गर्नुपर्ने वचन सन्तानबाट लिने गर्छन्। खिचडी, तील र च्युराको लड्डु लगायतका परिकार बनाएर खाने गरिन्छ। यी परिकार सर्वप्रथम घरका देवदेवीलाई पूजापाठ गरी चढाइन्छ।