यस सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ १ गते  

यस सालको एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुने छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सार्वजनिक गरेको तालिका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । यस दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा हुनेछ ।

परीक्षा चैत १९ गते मङ्गलवार सकिनेछ । परीक्षाको नतिजा भने २०८२ असार ६ गतेभित्र प्रकाशित गरिने कार्यतालिकामा उल्लेख छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *