अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, माघ २ गते
भूकम्प सुरक्षा दिवसआज मनाइँदै छ।
विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ। उक्त दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पुर्याएको थियो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद लोकविजय अधिकारीका अनुसार विस १९९० को भूकम्पमा परी आठ हजार पाँच सय १९ जनाको मृत्यु भएको थियो।
यसैगरी विसं २०७२ बैशाख १२ गतेको गोरखाभूकम्पमा परी आठहजार छ सय ७० जनाको निधन भएको थियो भने सातलाख भन्दा वढी आवासमा क्षति पुगेको थियो।
भूकम्प सुरक्षा दिवसका सन्दर्भमा आयोजना हुने कार्यक्रममा सहभागिता जनाउन नागरिक समाज, संयुक्त राष्ट्र संघीय निकायहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, सामुदायिक संस्थाहरु, सञ्चार माध्यम, निजी क्षेत्र लगायत आह्वान गरेको छ ।