मिथिला माध्यमिकी परिक्रमा आज मटिहानीमा

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन १८ गते 

मिथिला माध्यमिकी परिक्रमा आज ​चौथो दिन आज महोत्तरीको मटिहानी पुगेको छ।

धनुषाको कचुरीस्थित मिथिला विहारी मठबाट सुरु भएको मिथिला विहारीको डोलाको नेतृत्वमा आएका हजारौं परिक्रमाका यात्रुहरु भारतको कलना, फुलहर, करुणा र विसौल हुँदै महोत्तरीको मटिहानी आई पुगेका हुन्।

मटिहानी नगरमा आइतबारका लागि सार्वजनिक बिदा दिइएको छ । मिथिला माध्यमिकी परिक्रमा यस भेगको सांस्कृतिक तथा धार्मिक उत्सव भएको हुँदा आफ्नो ठाउँमा आइपुग्ने यात्री र अतिथिको स्वागतमा सबैको सहभागिता हुन सकोस् भन्ने उद्देश्यले सार्वजनिक बिदा दिँदै आएको नगर प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए । मिथिला माध्यमिकी परिक्रमाको ‘डोला’का साथ यस यात्राका सहभागी यात्री आइतबार मटिहानीमा विश्राम गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *