अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २० गते
आज मिथिला माध्यमिकी परिक्रमा महोत्तरीको मडैमा पुग्नेछन् ।
सोमबार जलेश्वरमा पाँचौँ दिनको रात्रि विश्राम गरेका उनीहरु मिथिलाविहारी र किशोरीजी का प्रतिमा राखिएका डोला साथ मडै पुगेका हुन् ।
आज छैठौं दिन मडैमा रात्रिविश्रामपछि सातौं दिन भोलि ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।
त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।