अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २४ गते
१५ दिने मिथिला माध्यमिकी परिक्रमा आज सतोषरगेको छ ।
परिक्रमाको ११ औं दिन धनुषाधाममा विश्राम गरेको परिक्रमा यात्रीहरु आज सतोषर पुगेका छन् ।
त्यस्तै सतोषरमा अवस्थित मिथिलेश्वरनाथ महादेव मन्दिरलाई पनि सजाइएको छ ।
१५ दिने परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फुलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, क्षीरेश्वरनाथ(पर्वता), धनुषाधाम, सतोषर(मिथिलेश्वरनाथ), औरही, करुणा, बिसौल, कल्याणेश्वर पुगेर फागुन पूर्णिमाको दिन जनकपुरधाम फर्किन्छ र जनकपुरधामको पाँच कोशे अन्तर्गृह परिक्रमा गरि समाप्त हुन्छ ।