चैती छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,चैत्र २० गते 

चैती छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ ।

छठ पर्व चार दिनसम्म मनाइन्छ।पहिलो दिन (मंगलवार): नहाय-खाय, दोस्रो दिन (वुधवार): खरना, तेस्रो दिन (बिहिवार ): साँझको अर्घ्य, चौथो दिन (शुक्रवार): उदाउँदो सूर्यलाई अर्घ्य दिएर यस महान पर्वको समापन हुन्छ।

आजको दिन साँझ चामल, सक्खर र दूध मिलाएर बनाएको खीर प्रसादको रुपमा ग्रहण गरी खरना मनाइन्छ ।

दिनभर उपबास बसेका छठ ब्रतालुले आज साँझ नियम निष्ठाकासाथ खीर बनाएर ग्रहण गर्दछन् ।

चार दिनसम्म विभिन्न विधिहरू गर्दै मनाइने चैती छठ पर्व मिथिलाञ्चलको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत भारतीय भूभागमा पर्ने सम्पूर्ण मिथिलाञ्चलभरि धुमधामका साथ चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *