कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी, कुन पदमा कति ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, चैत्र २२ गते  

कृषि विकास बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ।

शाखा प्रमुखदेखि लेखपाल पदसम्मका लागि ११८ जना कर्मचारी माग गरेको छ।

बैंकले शाखा प्रमुख १ जना, व्यवसाय अधिकृत ४८ जना, एमआईएस (व्यवस्थापन सूचना प्रणाली) अधिकृत ३ जना, कानून अधिकृत १ जना, कम्प्यूटर अधिकृत १ जना, कर्जा अधिकृत ५ जना, लेखपाल (मधेश प्रदेशका लागि) ३५ जना, बागमती प्रदेशका लागि १५ जना र लुम्बिनी प्रदेशका लागि ९ जना माग गरेको हो।

तोकिएको योग्यता पूरा भएका इच्छुक व्यक्तिहरूले आगामी वैशाख ११ गतेसम्म र दोब्बर दस्तुर तिरेर वैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *