अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,चैत्र २४ गते
आज रामनवमी पर्व भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।
`आज रामनवमीको अवसरमा सार्वजनिक विदा दिएको छ ।
त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो ।
रामनवमी भगवान् श्रीरामको जन्मोत्सवको रूपमा हिन्दू समुदायले विशेष रूपमा मनाइँदै आएको छ । यस दिन जनकपुरधामस्थित राम मन्दिर, जानकी मन्दिरलगायत देशभरका राम मन्दिरहरूमा विशेष पूजाआजा, भजनकीर्तन र झाँकीहरू आयोजना गरिन्छ ।