अनलाईन न्युजपाटी एजेन्सी ,समाचारदाता, चैत्र २५ गते
आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदै छ ।
मुम्बई स्थित वाङ्खडे स्टेडियममा खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ । मुम्बईको कप्तानमा हार्दिक पाण्ड्या छन् भने बेंगलुरुको कप्तानमा रजत पाटिदार छन् ।
मुम्बईले ४ खेल खेल्दा १ जित मात्र निकालेको छ भने बेंगलुरुले ३ खेलमा २ जित निकालेको छ ।
अंकतालिकामा हाल बेंगलुरु ३ खेलमा ४ अंकसहित तेस्रो स्थानमा छ भने मुम्बई ४ खेलमा २ अंकसहित आठौं स्थानमा छ ।