नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, असोज १० गते

नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै छ।

नवरात्रको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।

स्कन्दको अर्थ सनतकुमार रहेको छ। स्कन्दमाताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *