यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता, कार्तिक १ गते

यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु भएको छ ।

आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।

दिउँसो १:२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने छ ।

काग तिहार भने आइतबार परेको छ । तिथिको घटबढका कारण सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको छ ।

यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातनाबाट मुक्ति पाइने विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *