अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १५ गते
खोलामा बाढी आएपछि बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
विनयी त्रिवेणी गाउँपालिका- १ स्थित विनयी खोलामा मालवाहक सवारीसाधनका लागि सञ्चालन गरिएको डाइभर्सन र साना तथा यात्रुवाहक बसका लागि प्रयोग गरिएको वैकल्पिक भित्री सडकमा बाढी आएपछि अहिले यातायात पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए ।
अहिले यस सडक क्षेत्रको दाउन्ने दुम्कीवास खण्डमा कुनै पनि सवारीसाधान आवतजावत गर्न नसक्ने स्थिति सिर्जना भएको छ, प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।