बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १४ गते

बागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुँदै छ ।

आज अपराह्न १:०० बजे हुने बैठकमा प्रदेशप्रमुख दीपकप्रसाद देवकोटाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।

बैठकमा प्रदेशसभा सदस्यहरूलाई औपचारिक पोशाकमा उपस्थित हुन आग्रह गरिएको छ।

आज प्रस्तुत हुने नीति तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा र रोजगारी प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री बहादुरसिंह लामाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *