न्युजिल्याण्डका उपप्रधानमन्त्री दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ १४ गते

आज न्युजिल्याण्डका उपप्रधानमन्त्री विन्स्टन पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा काठमाडौँ आउने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै उनले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, न्युजिल्याण्डका उपप्रधानमन्त्रीले आज साँझ परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *