आज – २२ मंसिर २०८२ सोमवार को राशिफल

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर २२ गते

मेष (चुचेचोलालिलुलेलो)#Aries:

दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ। शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्। सामाजिक क्षेत्रमा अघि नबढ्नु उचित हुनेछ। धर्मकर्ममा मन जानेछ।

बृष (बाबिबुबेबो)#Taurus :

व्यापारमा गरेको लगानीबाट फाइदा मिल्नेछ। मित्र बढ्नेछन्। महत्वपूर्ण निर्णय गर्नुअघि अग्रजको सल्लाह लिनु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन (काकिकुकेको)#Gemini:

बोलीको प्रभावले काम बन्नेछन्। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। स्वदेशमै रोजगारीको अवसर मिल्नेछ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)#Cancer :

स्वदेशको भन्दा विदेशको रमझमले मन आकर्षित गर्नेछ। धार्मप्रति अनास्था बढ्नेछ। परिवारको विश्वास मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह (मामिमुमेमोटाटिटुटे)#Leo :             

लगानीका क्षेत्र सबल बन्नेछन्। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा मिल्नेछ। गीत संगीतको क्षेत्रमा मन जानेछ। गोप्य रूपमा गरेको काममा सफलता मिल्नेछ।

कन्या (टोपिपुपेपो)#Virgo :

सञ्चित धन खर्च हुनेछ। व्यापार व्यवसायमा घाटा हुनेछ। धार्मिक कार्यमा समय दिनु उचित हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने छ।

तुला (रिरुरेरोतातितुते)#Libra :

 

तपाईंको प्रतिभाको सम्मान हुनेछ। तपाईंको कला प्रदर्शन गर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सहभागी हुने अवसर मिल्नेछ। नयाँ योजना बन्नेछन्।

वृश्चिक (तोनानिनुनेनोयायियु)#Scorpio:

धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुहोला। सामाजिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या आउन सक्छ।

धनु (येयोभिभुफाभे)#Sagittarius :

साथी भाइसँग रमाइलो भेटघाट हुनेछ। धार्मिक क्षेत्रमा मन आकर्षित हुनेछ। दीर्घकालीन कामका लागि नयाँ योजना बन्नेछ। कार्यक्षेत्रमा तपाईंको प्रशंसा हुनेछ।

मकर (भोजिखिखुखेखोगागि)#Capricorn :

व्यापार व्यवसायमा घाटा हुने दिन छ। स्वास्थ्यले साथ दिए पनि सामाजिक र राजनीतिक क्षेत्रमा त्रास बढ्नेछ। एक्लै निर्णय लिनुभन्दा परिवारको साथ लिएर काम गरेमा फाइदा हुनेछ।

कुम्भ (गुगेगोसासिसुसेसो)#Aquarius:

दैनिक काममा देखिएका समस्या समाधान हुँदै जानेछन्। स्वास्थ्य र शिक्षामा गरेको प्रयास सफल बन्नेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। साथीको साथमा महत्त्वपूर्ण काम बन्नेछ।

मीन (दिदुदेदोचि)#Pisces :

मध्ये साढेसातीको दशा चलिरहेकाले सोचेका काम नबन्ने जोखिम छ। हरेक काममा झन्झट आइ पर्नेछ। शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ। संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *