अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर २१ गते
एनपिएल अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स भिडदै छ ।
त्रिवि क्रिकेट मैदानमा अपराह्न चार बजे हुने खेलमा कर्णाली याक्स र साविक विजेता जनकपुर बोल्ट्स बीच प्रतिस्पर्धा हुनेछ ।
६ खेलमा एउटा मात्रै खेल जितेको कर्णाली सातौं स्थानमा छ भने समान खेलमा एउटा मात्रै खेल जितेको साविक विजेता जनकपुर तालिकाको पुछारमा छ ।
अब क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्ग्सबीच खेल हुनेछ । यस्तै इलिमिनेटरमा तेस्रो स्थानको काठमान्डु गोखार्ज र चौथो स्थानको लुम्बिनी लायन्सबीच खेल हुनेछ ।
गएको मङ्सिर १ देखि शुरू भएको दोस्रो संस्करणको एनपीएलको फाइनल खेल यही २७ गते हुनेछ ।