अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर २४ गते
एनपिएल अन्तर्गत इलिमिनेटरमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।
काठमाडौँ तेस्रो र लुम्बिनी चौथो स्थानमा छ। लिग चरणको खेलमा काठमाडौँले लुम्बिनीलाई २२ रनले हराएको थियो।
आज जित्ने टोली दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग भोलि खेल्नेछ।