भारतको राजधानी नयाँदिल्लीमा भागदौड हुँदा १८ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन ४ गते  

नयाँ दिल्ली रेलवे स्टेशनमा शनिबार राति भागदौड हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ। घटनामा २५ भन्दा बढी घाइते भएका छन्।

संगमस्थल ‘त्रिवेणी संगम’ मा पवित्र स्नान गर्नको लागि उत्तर प्रदेशको प्रयागराज जिल्ला जाने रेलमा चढ्न रेलवे स्टेशनमा मानिसको भीड लागेको थियो ।

नयाँ दिल्ली रेलवे  स्टेशनको एउटा प्लेटफर्ममा रेल आइपुगेको भ्रमका समाचारका कारण भागदौड भएको हो

घाइतेहरुलाई लोक नायक अस्पतालमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *