अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १५ गते
महाशिवरात्रीको अमृत स्नानसँगै भारतको प्रयागराजमा ४५ दिनदेखि जारी महाकुम्भ मेला समापन भएको छ।
महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् ।
मेला भर्न आएका साधुसन्त, नागा साधु, विदेशी नागरिक र सेलिब्रिटीहरु भारतीय र विदेशी समाचारमाध्यमको आकर्षण बनेका थिए। महाकुम्भ स्नानका लागि भारत मात्र नभई नेपाल लगायत विश्वका थुप्रै देशबाट असंख्य श्रद्धालु प्रयागराज पुगेका थिए।
महाकुम्भलाई व्यवस्थित गर्न नदीको तटीय क्षेत्रको चार हजार हेक्टर खुला भूमीमा डेढ लाख टेन्टको स्थापना गरी एक अस्थायी शहरका रुपमा परिणत गरिएको थियो।