भारतले ७९ औं स्वतन्त्रता दिवस मनाउँदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,साउन ३० गते

भारतले आज आफ्नो ७९ औँ स्वतन्त्रता दिवस मनाउँदै छ।

१९० वर्षसम्म अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ।

आज पनि प्रधानमन्त्री नरेन्द्र मोदीले राजधानी दिल्लीको लाल किल्लामा तिरंगा फहराउनेछन् र राष्ट्रलाई सम्बोधन गर्नेछन्। प्रधानमन्त्री मोदीले लगातार १२ औँ पटक लाल किल्लाबाट स्वतन्त्रता दिवसको भाषण दिनेछन्।

यस पटक देशभरका २६ राज्य र केन्द्र शासित प्रदेशहरूबाट छनोट गरिएका ८५ गाउँका सरपञ्चहरूलाई समारोहमा विशेष अतिथिको रूपमा आमन्त्रित गरिएको छ।

स्वतन्त्रता दिवसको अवसरमा भारतमा आज सार्वजनिक विदा दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *