अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ २५ गते
भोटेकोशीमा आएको विनाशकारी बाढीले पक्की पुल बगाएपछि ठप्प बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले निर्माण गरिरहेको एक्रो ब्रिज जडानको कार्य सम्पन्न भएको छ।
सेनाको प्राविधिक टोलीको निरन्तरको प्रयासपछि पुल जडानको काम सम्पन्न भएको हो।
नयाँ पुल जडान भएसँगै पैदलयात्रीहरूका लागि आवतजावत खुला गरिने भएको छ भने भोलिदेखि सवारी साधनहरू समेत सञ्चालनमा आउने छन्।
यसअघि भोटेकोशीको बाढीले यहाँ रहेको पक्की पुल बगाएपछि नुवाकोट र आसपासका क्षेत्रको यातायात सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो।
सेनाले छोटो समयमै पुल जडान गरेपछि स्थानीयवासी, व्यापारी तथा यात्रुहरूलाई राहत मिलेको छ।