अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २१ गते।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर ज्यान गुमाउनेको संख्या ५ लाख ३० हजार ९ सय ६० पुगेको छ । कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचीमा अमेरिका पहिलो नम्बरमा छ । दोस्रोमा ब्राजिल छ ।
विश्वभरका १ करोड १२ लाख ९२ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको र संक्रमितमध्ये ६४ लाख ५ हजार २ सय ४३ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये ५९ हजार ३ सय ३२ जनाको अवस्था गम्भीर रहेको छ ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।