अनलाईन न्युजपाटी,सन्जु छत्कुलि, बिरगंज,समाचारदाता, असार २१ गते।
जि. पि. कोइराला फाउण्डेसन पर्साले आज एक कार्यक्रमका बीच पर्सा का दुई पत्रकार लाई सम्मान गरेको छ। सम्मानित हुनेमा गोरखापत्र दैनिकका पर्सा प्रमुख कन्हैया केशरी र रेडियो बिरगंजमा कार्यरत निलिमा पौडेल रहेका छन।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा तराई मधेश समन्वय विभाग प्रमुख अजय चौरसियाले कन्हैयालाल केशरी र निलिमा पौडेल लाई २१हजार नगद र सम्मान पत्र दिएको छ।
गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्मजन्यती मनाउने तीन दिवसीय कार्यक्रमको आज तेस्रो दिन पत्रकारिता क्षेत्रमा निरन्तर योगदान दिदै आएको भन्दै पर्साका दुई पत्रकार लाई सम्मान गरेको र येस बर्ष देखि सुरु भएको पत्रकार सम्मान कार्यक्रम हरेक बर्ष कोईराला को जन्म दिन को अवसर गर्ने जीपी कोइराला फाउण्डेसन पर्साका अध्यक्ष महमद सहाबुद्दिनले बताएका छन
नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा फाउण्डेसन पर्साका अध्यक्ष सहाबुद्दिनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि चौरसिया, अतिथिहरु प्रदेश सभा सदस्य ओमप्रकाश शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दिपेन्द्र चौहान, महासंघका पर्सा अध्यक्ष श्याम बन्जारा, प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, प्रेस संगठनका अध्यक्ष लगायतले आ–आफ्नो धारण राखेका थिए।
जीपी कोइराला फाउण्डेसनले बीरगन्जमा कोराना महामारीको बेलामा नगरलाई स्यानिटाइन गर्ने देखि खाद्यान्न तथा तरकारी वितरण गर्ने काम सराहनीय रहेको बक्ताहरुले बताएका छन।