प्रेस मंच सिरहाको कार्यकारी अध्यक्षमा सिंह चयन

अनलाईन न्युजपाटी,महेश सिंह, सिरहा,समाचारदाता, असार २१ गते।

सिरहाको लहानमा बसेको प्रेस मञ्च नेपाल को बैठकले विभिन्न अनलाईन तथा रेडियोमा कार्यरत कृयाशिल एवं कर्मठ पत्रकार महेश सिंह महतोलाई कार्यकारी अध्यक्षको लागी चयन गरेको छ। लाहानको मुटुमा स्थित पशुपति आदर्श उच्च माध्यमिक विधालयको प्राङ्गणमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वर प्रशाद गुप्ता ले बोल्दै भने “प्रेस मञ्च नेपालमा आबद्ध सञ्चारकर्मीले प्रेसको मर्यादा एवं सामाजिक उत्तरदायित्वलाई खयाल गर्दै प्रेस जगतलाई देशको मेरुदण्ड बनाउनु पर्छ ।” अध्यक्ष गुप्ताले कार्यकारी अध्यक्ष सिंहलाई बधाई पनि दिए ।

उता प्रेस मञ्च नेपालका सिरहा अध्यक्ष मनोज बनैताले भने ” अहिलेको अवस्थामा प्रेस मञ्चलाई अझ जनमुखी बनाउन शिक्षित युवा पत्रकारहरूको भुमिका अहम हुनुपर्छ।” बनैताले कार्यकारी अध्यक्ष सिंहलाई शुभकामना दिदै पत्रकारीता क्षेत्रलाई अझै बढी उत्तरदायी बनाउन आग्रह समेत गरे ।

शनिबार बसेको उक्त बैठकले पत्रकारिता क्षेत्रलाई बदनाम गराउन लागेका केही तत्वलाई पहिचान गरी कार्यवाही समेत गरेको छ । बिना कसैको जानकारीको एकलौटी ढंगले केन्द्रिय शाखा तथा शाखा सिरहाको कार्यालय संचालन गर्ने, बारम्बार बसेको बैठकमा अनुपस्थित हुने , पत्रकारिता नगरी विभिन्न अबैधानिक पेशामा लागि आय आर्जन गर्ने, पत्रकारिता को नाममा कालोबजारी तथा जग्गा खरिद बिक्रि गर्ने, मोटरसाइकलमा प्रेस लेखाइ सर्वसाधारणलाई आतंकित गर्ने लगायतका कार्यमा संलग्न लाहान २२ का गोपाल प्रशाद गुप्ता रौनियारलाई कार्यवाही गरेको छ । रौनियारले बारम्बार प्रेस जगतको नामलाई धमिल्याउने प्रयास गरेको हुनाले उनलाई यस संगठनको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ ।

साथै, प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै प्रेस मञ्च नेपाल ले बिरोध जनाएका छन । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै प्रेस मञ्च नेपाल सिरहा कार्य समितिले बिरोध गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *