सर्लाहीमा मोटरसाइकलले ठक्कर दिंदा एक बालकको मृत्यु

अनलाईन न्युजपाटी,सर्लाही,समाचारदाता, असार २१ गते।

सर्लाहीमा मोटरसाइकलले ठक्कर दिंदा एक बालकको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।

बरहथवा नगरपालिका ११ मा शनिबार राति ना ५२ प ५६५१ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा स्थानीय रामप्रवेश मुखियाका १२ वर्षीय छोरा जुगल मुखियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। ठक्करबाट बालकको घटनास्थलमै मत्यु भएको हो।

तीव्र गतिमा गुडिरहेको मोटरसाइकलको ठक्करले सँगै बसेका श्रवण मुखिया, शम्भु मुखिया र सुरेन्द्र महतो घाइते हुनुभएको छ । घाइते भएका तीनै जनालाई थप उपचारको लागि बीरगञ्ज लगिएको छ ।

मोटरसाइकलका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *