अनलाईन न्युजपाटी,प्रिन्स मिश्रा,कपिलवस्तु,समाचारदाता, असार २२ गते।
इलाका प्रहरी कार्यालय बहादुरगंजले अबैध पम्पसेट सेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ। इप्रका बहादुरगंजबाट खटिएको गस्ती टोलीले कृष्णनगर देखि चन्द्रौटा तर्फ जादै गरेको ३८ हजार बराबरको अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ ।

कृष्णइलाका प्रहरी कार्यालय बहादुरगंजले अबैध पम्पसेट सेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ। इप्रका बहादुरगंजबाट खटिएको गस्ती टोलीले कृष्णनगर देखि चन्द्रौटा तर्फ जादै गरेको ३८ हजार बराबरको अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरेको छ l कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंजबाट अबैध पम्पसेट पार्ट्स सहित ऑटो रिक्शा बरामद गरि भन्सार पठाइएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।
बरामद पम्पसेट सेट पार्ट्स ३८ हजार र ऑटो रिक्शा २ लाख मूल्यांकन गरि भन्सार पठाइएको नायब निरीक्षक भंडारीले जानकारी दिएका छन । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको भंडारीले जानकारी दिनुभएको छ।