सामान्यदेखि पूर्ण बदली, केही स्थानमा ठूलो पानी पर्ने सम्भावना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असार २२ गते।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशभर  सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यस्तै भारतको उत्तर प्रदेशको उत्तर–पूर्वी भू–भाग नजिक रहेको निम्न चापीय क्षेत्र प्रभाव पनि कायम छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

सोमबार दिउँसो देशभर अधिकांश क्षेत्रमा बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थान र प्रदेश १ तथा प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *