अनलाईन न्युजपाटी,सन्जु छत्कुली,बिरगंज समाचारदाता, असार २२ गते
पर्सा प्रहरीले अबैध लागू औषध गाँजा सहित एक जना लाई पक्राउ गरेको छ । नेपालबाट भारततर्फ लैजानको लागि लुकाई छिपाई राखेको अवस्था मा अबैध लागू औषध गाँजा पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा २०७७/३ /२२ गते बिहान जिल्ला प्रहरी कार्यालय पर्साबाटखटिएको क्राईम प्रहरीको टोलीले जिल्ला पर्सा पटेर्वासुगौलि गाउँपालिका वडा नं १ सोनबर्सा स्थित सदै मियाको घरमा लुकाई छिपाई राखेको अबैध लागू औषध २३ किलो गाँजा सहित एक जना पक्राउ परेको पर्सा प्रहरी प्रमुख पन्तले बताईन।
उक्त पक्राउ परेको अबैध गाँजा सहित जिल्ला पर्सा पटेर्वासुगौली गाउँपालिका वाडा नं १ बस्ने बहादुर महतोको छोरा बर्ष २८ को किसुन मण्डललाई सदै मियाको घरबाट नियन्त्रणमा लिएको हो ।
लकडाउनको मौका छोपी तस्करहरुले पर्साको विभिन्न नाका बाट अबैध लागू औषध नेपालबाट भारत र भारत बाट नेपाल ल्याउने सुचना पाएपछि पर्सा को क्राईम टोलिले अनुसन्धानमा कडाई गरि धमाधम एकपछी अर्को अबैध लागू औषध र तस्करी को समान बरामद भएको पर्सा प्रहरीले बताएको छ।
पक्राउ परेको किसुन मण्डललाई पर्सा प्रहरीमा राखी थप अनुसन्धान भइरहेको क्राइम ब्राञ्चका प्रहरी निरीक्षक रविभुषण यादबले जनाइएका छन ।