कोरोनाभाइरसबाट भारतमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

अनलाईन न्युजपाटी एजेन्सी समाचारदाता, असार २३ गते

भारतमा प्रत्येक दिन  कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । पछिल्ला दिनहरुमा भन्दा अघिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

भारत अहिले एसियाकै महामारी केन्द्र बनिरहेको विश्वमा कोरोनासंक्रमित देशको लहरमा तेस्रो स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिलेसम्म त्यहाँ संक्रमितको ७ लाख २० हजार ३४६ पुगेको छ ।  वर्ल्डामिटर्सको तथ्यांक अनुसार सोमबार मात्रै भारतमा ५५ हजार ५ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार पनि त्यहाँ २३ हजार ९३२  नयाँ संक्रमित फेला परेका छन् थिए ।

भारतमा अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या २० हजार १७४ पुगेको छ । सोमबार मात्रै ४७४ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले सम्म २ लाख ६० हजार २२ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ४ लाख ४० हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *