पत्रकार पोख्रेललाई धम्की दिनेलाई अबिलम्ब कारवाही गर्न बारा पत्रकार महासंघको माग

अनलाईन न्युजपाटी सन्जु छत्कुलि,बिरगंज,समाचारदाता, असार ३१ गते

सीमरा बाराको क्रिायशिल पत्रकार शारदा पोख्रेल माथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न माँग गर्दै पत्रकार माहासंघ बाराले बिज्ञप्ति सार्वजनीक गरेको छ ।

माचार लेखेको बिषयलाई लिएर श्रेष्ठ बिल्डर्सका सञ्चालक लाल श्रेष्ठले पत्रकार पोख्रेललाई धम्क्याउँदै दुर्व्यवहार गरेका छन्‌।

जितपुर सिमरा उपमहानगरको राजस्व हिनामिना, गरेको ठेकदारको समाचार लेखेपछि पत्रकार पोख्रेललाई श्रेष्ठले आगामी दिनमा मेरो बारेमा समाचार नलेख्न धम्की दिएका छन।

माघ मसान्तभित्र बुझाउनुपर्ने नदिजन्य उत्खननको दोस्रो किस्ताको तिर्ने रकम को चेक दिएका थिए। तर त्यो चेक बाउन्स भएको श्रोत्ले जनाएको छ।

पत्रकार पोख्रेलले पसाहा, बाल गंगा र दुधौरा नदी उत्खनन्‌ गरिरहेका ठेकेदारले चैत मसान्तमा बुझाउनुपर्ने ५ करोड रकम नबुझाएको समाचार लेखखेको कारण ठेकेदारले श्रेष्ठले धाक धम्की र दुव्र्यवहार गरेका थिए।

ठेकेदार श्रेष्ठले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा छलफल भईरहेको बेला नै पत्रकार पोख्रेललाई गालीगलौज र धाक धम्कि दिएका थिए।

टकपटक पत्रकारहरुलाई धम्की र दुव्र्यवहार हुने गरेको हुदा बारा पत्रकार माहासंघ्ले पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण बनाउन सम्वन्धित निकायसँग माग पनि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *