अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १५ गते।
अमेरिकामा कोरोनाबाट हुने मृत्युको संख्या १ लाख ५० हजार नाघेको छ भने अर्कोतर्फ ब्राजिलमा कोरोना संक्रमणको घटनामा पनि वृद्धि भइरहेको छ।

बुधवार ब्राजिलमा, कोरोनाबाट हुने मृत्युको संख्या ९० हजार पार भयो।
जोन्स हपकिन्स युनिभर्सिटीको ड्यासबोर्डका अनुसार अमेरिकामा अब संक्रमित संख्या ४४ लाख पुगेको छ जबकि यहाँसम्म १५०,४४७ मानिस मरेका छन्।
तयस्तै ब्राजिलमा संक्रमितहरूको संख्या २३लाख ८३ हजार भन्दा बढी भइसकेको छ र कोरोनाबाट हुने मृत्युको संख्या ९०१३४ मानिस मरेका छन् ।