कोरोना महामारीको बीच श्रीलंकामा बुधबार चुनाव हुदै

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २० गते

श्रीलंकाले कोरोना महामारीको बीचमा आम चुनावको लागि बुधवार मतदान गर्दैछ, जसका लागि विशेष व्यवस्था गरिएको छ। २२५ सदस्यीय संसदको चुनावका लागि ७४५० भन्दा बढी उम्मेद्वार मैदानमा छन्।

करीव एक करोड ६२ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने छन। संक्रमणका कारण करीव चार सय मतदाताले आफ्नो मताधिकार प्रयोग गर्न सक्ने छैनन्।

निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले आश्वासन दिएका छन कि चुनाव प्रक्रियाको कारण कोविड १९ को कोरोना सङ्क्रमण वृद्धि हुने छैन।

उनले भने कि जनतालाई आफ्नै कालो वा निलो कलमले मतदान गरे पछि छाप्ने विकल्प दिइनेछ। यदि कसैले उसको कलम नलागेमा उसलाई एउटा जीवाणुमुक्त कलम दिइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *