अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २५ गते
विस्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा सात लाख २८ हजार बढीको मृत्यु भएको छ ।
एकै दिन पाँच हजार तीन सय ७५ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या सात लाख २८ हजार पाँच सय ८१ पुगेको हो । विश्वमा एक करोड ९७ लाख ८५ हजार छ सय २८ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै दुई लाख ५३ हजार ९१ जना नयाँ संक्रमित थपिएका छन् ।

संक्रमितमध्ये एक करोड २७ लाख ८ हजार सात सय ४७ जनाले कोरोना पराजित गरेका छन् । ६३ लाख ५१ हजार तीन सय ९८ जना उपचाररत रहेकोमा ६५ हजार एक सय २८ जनाको अवस्था गम्भीर छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा कोरोनाका कारण एक लाख ६५ हजार ६७ जनाले ज्यान गुमाइसकेका छन् । एकै दिन ५२ हजार आठ सय ५१ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ५१ लाख ४८ हजार तीन सय ७५ पुगेको छ । अमेरिकामा २३ लाख ४८ हजार एक सय ९४ जना उपचाररत रहेकोमा १८ हजार ३३ जनाको अवस्था गम्भीर छ ।
ब्राजिलमा मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । एकै दिन आठ सय ४१ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या एक लाख पाँच सय ४३ पुगेको हो ।
पछिल्लो २४ घण्टामा ४६ हजार तीन सय पाँच जना संक्रमित थपिएका छन् । हालसम्म ब्राजिलमा ३० लाख १३ हजार तीन सय ६९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।