भारतीय फिल्म प्रसिध अभिनेता सञ्जय दत्त शनिबार अस्पताल भर्ना

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २५ गते

बलिउड अभिनेता संजय दत्तको स्वास्थ्य बिग्रिए पछि उनलाई लीलावती अस्पतालमा भर्ना गरिएको छ। अभिनेता दत्त मुम्बइको लिलावती अस्पतालमा शनिबार भर्ना भएका हुन् । ६१ वर्षीय अभिनेता दत्तलाई शरीरमा अक्सिजनको कमी भई अस्वस्थ भएलगत्तै अस्पताल भर्ना गरिएको हो ।

अस्पताल भर्ना गरिएलगत्तै उनको कोभिड १९ परीक्षण गरिएको छ । कोभिड १९ को नतिजा नेगेटिभ आएको छ । संजय दत्त सास फेर्न कठिनाई महसुस भयो, यद्यपि उनको कोरोना परीक्षण नकरात्मक आएको छ। हाल संजय दत्तलाई गैर कोविड वार्डमा भर्ना गरिएको छ।

अभिनेता दत्तको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । यद्यपि, दत्तको उपचार गरिरहेका चिकित्सक जलिल पारकर भने केही महिनाअघि कोरोना संक्रमित भएका थिए । उनी गत महिनामात्र कोरोनाबाट मुक्त भएका हुन् ।

 उनले अभिनेता दत्तको अक्सिजन स्तर किन एक्कासि खस्कियो भन्ने कुराको परीक्षण भैरहेको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *