अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, साउन २९ गते
काठमाडौंको कमलादीमा साढे १४ किलो नक्कली र आधा किलो सक्कली सुनको झोला फालेर भागेका इल्ताफ हुसेन अन्सारीलाई पक्राउ परेका छन् ।
अन्सारीलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराको निजगढबाट पक्राउ गरेको हो ।
साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि अन्सारीलाई प्रहरीले खोजिरहेको थियो ।
सुन्धारामा अन्सारीले चलाएको स्कोर्पियोबाट झरेका निलेश सखियाको साथबाट प्रहरीले साढे १४ किलो सुन लेपन गरेको चाँदी र दुईथान पेस्तोल बरामद गरेको थियो । सुन–चाँदी र पेस्तोल बरामद गरेको थाहा पाएपछि ललितपुरको नखिपोटमा स्कोर्पियो छाडेर ईल्ताफ भागेका थिए ।
जेलबाट छुटेपछि उनी सुन तस्करीमा सिफ्ट भएको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।