न्यूजील्यान्डको सबैभन्दा ठूलो सहर अकल्यान्डमा पुनः लकडाउन

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २९ गते

तीन महिनासम्म न्यूजील्यान्डभित्र स्थानीय रूपमा सङ्क्रमण सरेको पाइएको थिएन। तर केही दिनअघि एउटै परिवारमा चार सङ्क्रमित फेला पर्दा अधिकारीहरू स्तब्ध भएका थिए।

अहिले भेटिएका सङ्क्रमितमध्ये १३ जनाको सम्बन्ध उक्त परिवारसँग भएको बताइएको छ। अर्का व्यक्ति चाहिँ विदेशबाट फर्किएर क्वारन्टीनमा बसेका थिए।

अकल्यान्डमा शुक्रवारसम्म लकडाउन कायम रहनेछ।

“हामी विद्यमान परिस्थितिको गम्भीरता बुझ्न सक्छौँ,” प्रधानमन्त्री जसिन्डा आर्डर्नले एउटा पत्रकार सम्मेलनमा भनिन्।

यो परिस्थितिको अविलम्ब तर संयमित रूपमा र विधिवपूर्वक सामना गरिने उनको भनाइ थियो।

उनले सबै सङ्क्रमितलाई अलग्गै राखिने र उनीहरूको सम्पर्कमा आएका केही मानिसहरू पनि क्वारन्टीनमा राखिने बताइएको छ।

कोरोनाभाइरस महामारी नियन्त्रणका लागि न्यूजील्यान्डको कामको विश्वभरि प्रशंसा हुने गरेको छ।

अहिले फेरि अकल्यान्डमा हिँडडुल गर्न कडा प्रतिबन्ध लगाइएको छ भने देशभरि नै सामाजिक दूरीका उपाय अवलम्बन गर्न भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *