अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन २९ गते
श्री रामजन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष महंत नृत्य गोपाल दास बिरामी रहेको बताइएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार महंत गोपाल दास कोरोना संक्रमित फेला परेका थिए।

उत्तर प्रदेशका प्रमुख चिकित्सा अधिकारीले भनेका छन् कि ‘यूपीका मुख्यमन्त्रीले मथुराका डीएम र मेदांता अस्पतालका डाक्टर त्रेहानसँग कुरा गरेका छन् र उनलाई महंत गोपाल दासका लागि सम्भव सबै स्वास्थ्य सुविधाहरू उपलब्ध गराउन आग्रह गरेका छन्।’
नृत्य गोपाल दासलाई सास फेर्न गाह्रो भइरहेको छ। उहाँ हाल मथुरामा हुनुहुन्छ।
महंत नृत्य गोपाल दास कृष्ण जन्माष्टमी अघि मंगलबार साँझ मथुराको सीता-राम आश्रम पुगेका थिए।
यस अघि महंत नृत्य गोपाल दासले अयोध्यामा आयोजित राममंदिर भूमि पूजन कार्यक्रममा भाग लिएका थिए।
उक्त कार्यक्रममा उहाँ प्रधानमन्त्री नरेन्द्र मोदी, उत्तर प्रदेशका गभर्नर आनंदी बेन पटेल, मुख्यमंत्री योगी आदित्यनाथ र राष्ट्रिय स्वयंसेवक संघका सरसंघचालक मोहन भागवतसँग भेटिए।