अनलाईन न्युजपाटी,काठमाडौँ समाचारदाता, साउन ३१ गते
आज गण्डकी प्रदेशका ६ जिल्लामा थप १० जना कोरोना संक्रमित फेला परेका छन् ।

आज थपिएका १० जना नया संक्रमितहरु कास्कीमा ३ जना, तनहुँ र बाग्लुङमा २–२ जना तथा गोरखा, स्याङ्जा र पूर्वी नवलपरासीमा १–१ जना कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ६ सय ९२ पुगेको छ ।