अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन ३१ गते
संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार छ सय नौ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २५ लाख १५ हजार दुई सय २२ पुगेको हो । भारत विश्वमा कोरोनाबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा छ । कोरोनाका कारण भारतमा ४९ हजार एक सय ३४ जनाको मृत्यु भइसकेको छ ।
संक्रमितमध्ये अहिलेसम्म १८ लाख ७ हजार ५५६ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ६८ हजार ५३२ जनाको उपचार भइरहेको छ ।