नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई निरन्तरता दिइने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ १० गते

नेपाल बिद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले दोस्रो कार्यकाल पनि निरन्तरता दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले घिसिङलाई नै दोस्रो कार्यकालका लागि अवधि थप्ने निर्णय गरेको जनाईएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल यही भदौ २९ गते सकिँदै थियो । उहाँ २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको हो । त्यसअघि घिसिङ चिलिमे जलविद्युत कम्पनी लिमिटेडमा हुनुहुन्थ्यो ।

उहाँलाई लोडसेडिङ हटाएको, रुग्ण आयोजनाको निर्माण सम्पन्न गरेको, विद्युत चुहावट घटाएको, चरम घाटामा रहेको विद्युत प्राधिकरणलाई नाफामा लगेकोलगायतका कामको श्रय दिने गरिएको छ ।

यसकारण घिसिङलाई आगामी कार्यकालका लागि निरन्तरता दिनका लागि जनदबाब बढिरहेको थियो । कलाकारदेखि सार्वजनिक वृत्तबाट उहाँलाई निरन्तरताका लागि माग जोडदार रुपमा उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *