अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २० गते
गण्डकी प्रदेशमा थप भएका नयाँ ४४ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान कास्कीको पोखरा महानगरका २२ जना सहित प्रदेशका बागलुङ, स्याङजा, लमजुङ र नवलपुर जिल्लामा गरी ४४ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।

पोखरा महानगरमा संक्रमण पुष्टि हुने अन्य १४ जनामा कन्ट्याक्ट ट्रेसीङका आधारमा गरिएको परीक्षणमा कोरोना देखिएको निर्देशनालयले उल्लेख गरेको छ । शनिबार बिहान पोखरा महानगरका ६, ७, १४, १५, १६, १७ र २४ वडाका १० महिला र १२ जना पुरुषमा कोरोना देखिएको हो ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ|
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ४७ पुगेको छ ।