सिरहाको मानिकदहमा रक्त कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, भदौ २१ गते

सिरहाको लहान नगरपालिका २४ मानिकदह झिटकीमा युवाहरूको एक समुह द्धारा रक्तदान कार्यक्रम सम्पन्न भएको छ् । केहि महिना अगाडि गठन गरिएको नेपाल समाज जनकल्याण युवा संघ नाम गरेको युवाहरुको संगठनले लहान नगरपालिका २४ मानिक दहमा ५० भन्दा बढी युवाहरुले शनिबार रक्तदान गरेका छन्। रक्तदान  नै जिबन सब भन्दा ठुलो दान हो भन्दै युवाहरुको एक समुहले रक्तदान गर्न लाईन बसेका थिए ।

 नेपाल समाज जनकल्याण युवा संघ लहान सिरहाले आयोजना गरेको रक्तदान कार्यक्रमको अध्यक्षता स्थाको अध्यक्ष सुदिप कुमार महतोको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अति नेपाल निर्माण ब्यबसाय संघको जिल्ला कार्य समितिको अध्यक्ष रासलाल राय राजपुतले प्रमुख अतिथिको आसन बाट बोल्दै कोरोना भाईरसको कारणले देश भरीमा रक्त आभावको कारणले कतिको ज्यानै जान्छ। त्यो ब्यक्तीहरुको हाम्रो युवाहरुको रगतले उनिहरु संसार हेर्न सकोस् भने उनले बताए  ।

 रक्तदान जिबन दान हो यस्तो माहामारीमा रगतको अभावमा युवाहरुले गरेको यो काम सराहनीय भएको उनिहरुलाई  धन्यवादको पात्र हो यिनिहरुले दिएको रक्त कतिले संसार हेर्न पाउछ बताउनु भयो । उक्त कार्यक्रममा सहयोगी संस्थामा जय गणपती पोलिकिल्निकका संचालक राजेन्द्र महतो र क्षिणमस्ता पोलिकिल्निक डाईगनोसटिक सेन्टर धनगढीका संचालक अरुण कुमार सिंह सहयोगी युवाहरुमा मनोज कुमार यादव ,दिपक कुमार राय ,अभास राय पटेल, नागेश्वर यादव ,उधब यादव , नेबि संघका युवा नेता मुकेश महतो ,रंन्जु सिंह लगायतका युवाहरूले सहयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *