कोरोना संक्रमणबाट काठमाडौंका एक जना पुरुषको ललितपुरस्थित अल्का अस्पतालमा मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ २४ गते

ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत काठमाडौंका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मंगलबार साँझ ललितपुरस्थित अल्का अस्पतालमा उपचारका क्रममा काठमाडौंका ६७ वर्षीय संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

ती पुरुषलाई मंगलबारका दिन नै अल्का अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्य जटिल भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

योसँगै काठमाडौंमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *