अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज ७ गते
पोखराको शिसुवाबाट अबैध बाघको छाला र सालकको खपेटासहित कास्की प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
धादिङ गल्छी गाउँपालिका– ४ निवासी २८ वर्षीय सन्तोष लामिछानेलाई अबैध बाघको छाला,सालकको खपेटा, हाड,खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
लामिछानेको साथबाट जेब्रा झोलामा छुकाइछिपाई ल्याएको अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको हमालले बताउनुभयो ।
लामिछानेलाई थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले जनाएको छ ।