विश्वभर एकै दिनमा थपिए २ लाख ९४ हजार भन्दा बढी नयाँ कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज १८ गते

विश्व भर एकै दिन २ लाख ९४ हजार ३७३ नयाँ संक्रमित थपिएका छन् । यो सँगै विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख २७ हजार ५९६ पुगेको छ ।

बितेको २४ घण्टामा विश्वमा थप ४ हजार ७९१ जनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणबाट १० लाख ३७ हजार ९४१ जनाले ज्यान गुमाएका छन् ।

अहिले ७९ लाख ६७ हजार ५१६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६६ हजार २६७ को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ६१ लाख २१ हजार ७७७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७६ लाख नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *