आइपीएलमा सट्टाबाजी गर्दै आएको आरोपमा एक व्यापारी धनगढीबाट पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २० गते

इन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गर्दै आएको आरोपमा एक व्यापारी धनगढीबाट पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का सञ्जिव गुप्तालाई सट्टाबाजीको आरोपमा पक्राउ गरेको हो ।

उनले धनगढीमा आइपीएलमा खेलाडी आउट भएमा, खेलाडीले रन बनाएमा, चौका वा छ्क्का भएमा, विकेट गएमा, टिमले जितेमा वा हारेमा सट्टाबाजी गर्दै आएका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षकले बताउनुभयो ।

अनलाइन मार्फत उनले रकम दाउ लगाउदै आएका प्रहरीको दावी छ। प्रहरीले उनको साथबाट दुई थान मोबाइल समेत बरामद गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *