भारतमा एकै दिन ५४ हजार नयाँ कोरोना संक्रमित थपिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, असोज २७ गते

कोरोनाका कारण  भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५ सय ६५ पुगेको छ । पछिल्लो समय संक्रमण दर निक्कै उच्च रहेको भारतमा एकै दिन ५४ हजार ४५ नयाँ संक्रमित थपिए ।

भारतमा कोरोनाका कारण  एक लाख नौ हजार आठ सय ९४ जनाको मृत्यु भइसक्यो । २४ घण्टाभित्रमा सात सय १० जनाले ज्यान गुमाए ।

कुल संक्रमितमध्ये ६२ लाख २४ हजार ७ सय ९२ जनाको उपचार सम्भव भएको छ । आठ लाख ३८ हजार आठ सय ३० जना उपचाररत रहेका छन् भने आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *