बर्दियाबाट २३ किलो चरेशसहित एक महिला पक्राउ

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कतिक ५ गते

सशस्त्र प्रहरी सिमा सुरक्षा कार्यालय बर्दियाले २३ किलो चरेशसहित एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रूकुम खलंगाकी निर्मला मगर रहेकी छन् भने १ महिला सहित २ पुरूष फरार रहेको शसस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय सुरजपुरका प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेडक्वाटर अन्तर्गतको सिमा सुरक्षा चेकपोष्ट कट्टीको टोलिले २३किलो ५ सय ग्राम चरेस पक्राउ गरेको सस्सत्र प्रहरी सीमा सुरक्षा कार्यालय सुरजपुरले जनाएको छ।

स्थानीय बुद्धि दमाईको घरमा चरेस लुकाएको जानकारीका अधारमा छापा मार्दा रुकुमको बाफिकोट गाउँपालिका ८ डुले बस्ने वर्ष ३८ की निर्मला बाठा मगरको साथबाट ५.५ किलो अफिम र त्यस आसपासमा गरिएको खोजतलाशबाट १३ किलो अफिम र ५ किलो चरेश बरामद भएको हो ।

निर्मलाको साथबाट गुलरिया १ सानो श्री ठेगाना उल्लेख भएको ४० वर्षीय बाल कुमारी बि.क र पाल्पा बाका मालाङ गाउँपालिका ६ का ४२ वर्षीय दान बहादुर मल्लको नागरिकता प्राप्त भएको छ । उनीबाट मोबाइल ३ थान, ब्याकअप समेत बरामद भएको छ । सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *